आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओलीले दमकमा १२ बजे उम्मेदवारी दर्ता गर्ने

आइतबार, २३ असोज २०७९, १० : ४१
आइतबार, २३ असोज २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने भएका छन् । 

ओली उम्मेदवारी दर्ता गर्न शनिबारै दमक पुगेका छन् । आइतबार १२ बजे दमक दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ । 

त्यस्तै एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ का लागि टोखा, महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप