सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले–जसपा गठबन्धनबाट बारा ३ (ख) मा पारस साहको उम्मेदवारी

आइतबार, २३ असोज २०७९, ११ : २८
आइतबार, २३ असोज २०७९

आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बारा क्षेत्र ३ (ख) मा पारस साहले उम्मेदवारी दिएका छन् । साहले जनता समाजवादी पार्टीको तर्फबाट प्रदेशसभा सदस्य तर्फ उम्मेदवारी दिएका हुन् । बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र मध्ये बारा–३ मा संघ र प्रदेश दुवैमा एमाले–लोसपा गठबन्धन नहुने र मित्रवत प्रतिष्पर्धा गर्ने सहमती भएको छ । 

साह २०७५ मा तत्कालिन संघिय समाजवादी फोरमबाट निर्वाचित उम्मेदवार हुन् । बारा–३ मा संघतर्फ जसपा मधेस प्रदेश अध्यक्ष तथा निवर्तमान संघीय सांसद रामबाबु यादव, एमालेको तर्फबाट पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह र सत्तारुढ गठबन्धनको तर्फबाट भने प्रमोद गुप्ताले उम्मेदवारी दिँदैछन् । 

स्थानीय तह निर्वाचनमा जसपाबाट उपप्रमुखमा पराजित भएका गुप्ता यसपटक लोसपामा पार्टी प्रवेश गरेर बारा ३ मा उम्मेदवारका लागि टिकट लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप