सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बारा–३ मा जसपा मधेस प्रदेश अध्यक्ष यादवको उम्मेदवारी

आइतबार, २३ असोज २०७९, १२ : १०
आइतबार, २३ असोज २०७९

बारा निर्वाचन क्षेत्र नं ३ मा जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले उम्मेदवारी दिएका छन् । 

यादवले बारा–३ मा एमालेबाट ज्वाला साहले दावी नछोडेपछि मित्रवत प्रतिष्पर्धा गर्ने सहमति अनुसार जसपाबाट उम्मेदवारी दिएका हुन् । यादव २०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

आसन्न निर्वाचनमा निवर्तमान संघीय सांसद  यादव, एमाले पोलिटब्युरो सदस्य साह र सत्तारुढ गठबन्धनको तर्फबाट प्रमोद गुप्ताबीच प्रतिष्पर्धा हुने भएको छ । बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र मध्ये बारा–३ मा संघ र प्रदेश दुवैमा एमाले–लोसपा गठबन्धन नहुने र मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप