सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीविरुद्ध चुनाव लड्न गठबन्धनले कांग्रेसका अधिकारीलाई अघि सार्‍यो

आइतबार, २३ असोज २०७९, १२ : २७
आइतबार, २३ असोज २०७९

सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका  खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ । गठबन्धनमा झापा ५ कांग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

सोहीअनुसार केहीबेरमा अधिकारीले आफ्नो उम्मदपारी दर्ता गराउने कार्यक्रम रहेको छ । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउँदैछन् । 

यसअघि २०७४ सालको चुनावमा पनि अधिकारी ओलीसँग पराजित भएका थिए । अहिले फेरि गठबन्धनले ओलीसँग प्रतिस्पर्धा गर्न अधिकारीलाई नै अघि सारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप