सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रेखा थापाद्वारा मोरङ–३ बाट उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९, १२ : ४३
आइतबार, २३ असोज २०७९

राप्रपा नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । 

यो क्षत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिल शर्मा र नेकपा एमालेको तर्फबाट भानुभक्त ढकालले उम्मेदवारी दिने तयारी गरेका छन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट एमाले नेता ढकाल निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने कांग्रेसका सुनील शर्माले ४० हजार ५०६ मत प्राप्त गरेर दोस्रो भएका थिए । 

यो क्षेत्रमा राप्रपाका कमलबहादुर गुरुङले २६८ मतमात्र पाएर आठौं नम्बरमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप