सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषा–४ मा भत्कियो एमाले–जसपाको गठबन्धन, छुट्टाछुट्टै उम्मेदवारी दिदैँ

आइतबार, २३ असोज २०७९, १२ : ५०
आइतबार, २३ असोज २०७९

धनुषा क्षेत्र नम्बर–४ मा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीचको गठबन्धन भत्किएको छ । 

शनिबार सार्वजनिक भएको एमाले–जसपा सहमतिअनुसार धनुषा–४ एमालेको भागमा परेको थियो । सहमति अनुसार क्षेत्रको प्रदेश सभातर्फ ‘क’ जसपा र ‘ख’ एमालेले पाउने सहमतिपत्रमा उल्लेख छ ।
त्यसै अनुरुप एमाले–जसपाको गठबन्धनबाट रघुवीर महासेठ उम्मेदवार बनेको थियो भने भने प्रदेश तर्फ क्षेत्र ४ को ‘क’ मा पूर्वमन्त्री ज्ञानेन्द्र यादव र ‘ख’ बाट नेपाली कांग्रेसबाट आएका संतोष यादवलाई उम्मेदवार तय गरेको थियो । 

तर एमालेले नेता संतोष यादवलाई ‘ख’ बाट नभएर ‘क’ बाट उम्मेदवार बनाएपछि गठबन्धन भत्किएकाे जसपाका नेता महाजन यादवले बताए । जसपा नेता यादवका अनुसार गठबन्धन भत्किएपछि धनुषा क्षेत्र ४ बाट पार्टीले मलाई टिकट पठाएको दाबी गर्छन् । ‘क’बाट ज्ञानेन्द्र यादवलाई र ‘ख’ बाट समेत नेता उठाउने तयारी जसपाको रहेको छ । तर ‘ख’बाट कसलाई उठाउने भने तय भइसकेको छैन् । 

‘करिब पौने १२ बजे पार्टीबाट मलाई टिकटको लागि फोन आएको थियो । काठमाडौंबाट मैले टिकट लिएर आएँ, आज उम्मेदवारी दिन्छु,’ नेता महाजनले भने, सहमतिविपरीत पहिला एमालेले हाम्रो भागमा परेको क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेपछि हामीले पनि उम्मेदवारी दिने अवस्था आएको छ ।

एमाले नेता सन्तोष यादवले पनि यो कुराको पुष्टि गरे । धनुषाको निर्वाचन क्षेत्र–२ र ४ मा सहमति हुन सकेन । यहाँ जसपा र एमाले दुवै पार्टीको आफ्नै आफ्नै उमेदवार दिने उनले बताए । 
एमाले र जसपाले धनुषा–२ र ४ मा एमालेसित ‘मित्रवत प्रतिस्पर्धा’ गरिनेछ । 

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ उमेदवार बन्नेछन् । प्रदेश सभातर्फ धनुषा–४ ‘क’मा एमालेका सन्तोष यादव र ‘ख’मा हरिनारायण महतो उमेदवार बन्नेछन् ।

सत्ता गठबन्धनभित्र धनुषा–४ नेपाली कांग्रेसको भागमा परेको छ । यहाँ कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले उम्मेदवार दिने तयारी छ । गठबन्धनभित्र धनुषा–४ ‘क’ जसपाबाट कांग्रेस प्रवेश गरेका जसपाका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादवलाई टिकट दिइएको छ । भने धनुषा–४ ‘ख’मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शत्रुधन महतोले उम्मेदवारी दिने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप