शेखर कोइरालाद्वारा मोरङ–६ बाट उम्मेदवारी दर्ता
आइतबार, २३ असोज २०७९, १४ : ५२
कांग्रेस नेता शेखर कोइरालाले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
कोइरालाको अघिल्लो निर्वाचनमा जस्तै एमालेका लालबाबु पण्डितसँग प्रतिस्पर्धा हुँदैछ । पण्डित अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।