सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्लभ रक्त समूह ईआर भेटियो, नयाँ रगतमा यस्ता प्रोटिन जसले स्वास्थ्य बनाउँछ वा ज्यानसमेत लिन्छ

आइतबार, २३ असोज २०७९, १६ : ०५
आइतबार, २३ असोज २०७९

रगतलाई तीनवटा समूहमा बाँडिएको छ । ए, बी र ओ रक्त समूह । केही दुर्लभ रक्त समूह पनि छन् । अब वैज्ञानिकले एउटा यस्तो रक्त समूह पत्ता लगाएका छन् जुन नयाँ त हो नै.... असाध्यै दुर्लभ पनि छ । योसँगै ३० वर्ष पुरानो एउटा रहस्य पदार्पण भएको छ । यो ‘रेयर न्यु ब्लड ग्रुप सिस्टम’ लाई युनिभर्सिटी अफ ब्रिस्टल र एनएचएसका वैज्ञानिकले संयुक्त रुपमा पत्ता लगाएका हुन् । यो कुनै साधारण रक्त समूह होइन ।

कसैको रगतमा हुने प्रोटिनको प्रकारलाई आधार बनाएर रक्त समूह निर्धारण गरिन्छ । यी प्रोटिन साधारणतया आरबीसी वा रातो रक्त कोसिकाको माथिल्लो तहमा हुन्छन् । सामान्य ब्लड ग्रुपको जुन कन्सेप्ट छ त्यसमा ए,बी,ओ र आरएच (प्लस वा माइनस) लाई बुझ्ने गरिन्छ । यीबाहेक पनि थुप्रै महत्वपूर्ण ब्लड ग्रुप हुन्छन् । जसले विविधता देखाउँछ । अर्थात्, एउटा व्यक्तिको रगत अर्को व्यक्तिको रगतभन्दा फरक हुन्छ वा एलोइम्युनाइजेशनको प्रक्रियाले पनि यो मानिस–मानिसबीच भिन्न हुन्छ ।

एलोइम्युनाइजेशन अर्थात् मानिसको शरीरमा हुने त्यो प्रक्रिया हो जसमा कुनै ब्लड ग्रुपको एन्टीजेनविरुद्ध शरीरमा एन्टीबडी बनाउँछ । यदि शरीरमा एलोएन्टीबडिज छ भने यसले ब्लड ट्रान्सफ्युजनका बेला वा गर्भावस्थाको समयमा प्रतिरोधी क्षमताको तर्फबाट हुने हमलाको खतरा निम्तिन सक्छ । यो एउटा खतरनाक स्थिति हो । ब्रिस्टल स्कुल अफ बायोकेमिस्ट र इन्टरनेशनल ब्लड ग्रुप रेफरेन्स लेबोरेटरीले ३० वर्ष पुरानो यो रहस्यलाई सुल्झाउनका लागि प्रयोग र परीक्षण सुरु गरेको छ ।

उनीहरुले ३० वर्ष पुरानो रहस्यमाथि अनुसन्धान गर्नुपर्ने थियो अर्थात् तीन यस्ता एन्टिजेन जो जेनेटिकल्ली भिन्न छन् तर कुनै पनि सामान्य ब्लड ग्रुप सिस्टममा फिट हुँदैनन् । यही एलोएन्टिबडिजको अनुसन्धान गर्ने क्रममा इआर एन्टिजेन पनि छ है भन्ने पत्ता लाग्यो । यसलाई ३० वर्ष अघि नै पत्ता लगाइएको थियो । तर यसबारे केही पनि थाहा थिएन । यो वैज्ञानिक र विश्वभरीका डाक्टका लागि रहस्य थियो । यी वैज्ञानिकले ईआरको अनुसन्धान जीन कोडिङमार्फत् सुरु गरे । डिएनएको सिक्वेन्सिङ गरियो । वैज्ञानिकलाई जिन कोडिङका बेला पिजोवान..... प्रोटिनमा विशेष प्रकारको परिवर्तन देखे ।

ईआर हो विश्वको नयाँ दुर्लभ ब्लड ग्रुप

वैज्ञानिकले एउटा यस्ता कोसिकाको सिरिज बनाए जुन छिट्टै नष्ट हुँदैनन् । त्यसपछि त्यसबाट पिजोवान प्रोटिनलाई निकालेर छुट्टाइयो । यसो गर्दा के पत्ता लाग्यो भने ईआर एन्टिजेनविरुद्धमा उत्रिनका लागि शरीरमा एलोएन्टीबडिज बन्ने गर्छ । ईआरसँग पिइजोवान सँगै रहन्छ । त्यसैले रगत चढाउँदा र गर्भावस्थामा प्रतिरोधी क्षमताले हमला गरिदिन्छ । पिजोवान प्रोटिनले नै यसमा सबैभन्दा ठूलो भूमिका निर्वाह गर्ने पत्ता लाग्यो । यसले ईआरलाई असाध्यै दुर्लभ र नयाँ ब्लड ग्रुप सिस्टम बनाउँछ । ईआर ब्लड ग्रुप भएका महिलाको गर्भपतनको खतरा बढी रहन्छ ।

अब वैज्ञानिक यस्तो पद्धति विकसित गर्न तल्लिन छन् जसले ईआर ब्लड ग्रुपको पहिचान गर्न सकोस् । यस्तो गर्दा रगत चढाउँदा र गर्भवती महिलाले जटिल स्वास्थ्य समस्या भोग्नुपर्ने सम्भावना कम हुन्छ । यदि यी एन्टिजेन बढी हुन्छ भने शरीरमा पैदा हुने एलोएन्टिबडीले यसलाई मारिदिन्छ । यो प्रक्रियामा मानिस र उसको पेटमा हुर्किरहेको बच्चा खतरामा हुने गर्छ । उसको मृत्यु पनि हुने गर्छ किनभने पिजोवान प्रोटिन उत्कृष्ट स्वास्थ्य र रोग, दुबैका लागि जिम्मेवार हुनसक्छ । तर यसबारे वैज्ञानिकलाई विस्तृत विवरण भने थाहा भइसकेको छैन ।

युनिभर्सिटी अफ ब्रिस्टलका प्रमुख शोधकर्ता डा. टिम सेचवेलले भने, ‘हाम्रा लागि ईआर ब्लड ग्रुप सिस्टमबाट पर्दा हटाउनु एउटा ठूलो चुनौती थियो । हामीले अहिले पनि धेरै कुरा सिक्न बाँकी नै छ । यसको पिजोवान प्रोटिन रहस्यको खजाना हो ।’

सेल बायोलोजीका प्राध्यापक एथ टोयेले भने, ‘रेड ब्लड सेल्स (आरबीसी) विश्वभरीका लागि रहस्यको सबैभन्दा ठूलो बाकस हो । पिजोवान यस्तो प्रोटिन हो जसलाई हामी मिकेनोसेन्सरी प्रोटिन भन्छौँ । यो रेड ब्लस सेल्सले कुनै पनि प्रकारको परिवर्तनलाई ठ्याक्कै समातिहाल्छ । हरेक कोसिकामा यो सयौँको संख्यामा पाइन्छ ।’

यो शोध हालै ब्लड जर्नलमा प्रकाशित पनि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप