मेघा एक्सचेन्ज मेलाको समयावधि दुई दिन थपियो
काठमाडौं– जगदम्बा मोटर्स अन्तर्गतको टिभिएसद्वारा सञ्चालित मेघा एक्सचेन्ज मेलाको समायावधि थप दुई दिन थपिएको छ । राजधानीको भृकुटीमण्डपमा जारी उक्त मेला पुष २ गतेदेखि ६ गतेसम्मको लागि निर्धारण गरिएको भएपनि ग्राहकहरुको हितलाई मध्यनजर गर्दै दुई दिन थपिएको आयोजक पक्षले जनाएको छ । टिभिएसले विगत लामो समयदेखि नेपाली बजारमा आफ्ना विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु विक्री वितरण गर्दै आइरहेको छ ।
मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग टिभीएस कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ । हाल नेपालमा विक्री वितरण हुँदै आएका अन्य २ पांग्रे सवारी साधनहरुमध्ये टिभीएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध रहेका छन् । उक्त मेघा एक्सचेन्ज मेला बिगतमा पनि हुँदै आएको थियो र भविष्यमा पनि निरन्तर चलिरहने छ ।