सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘कौसिद’ पुस १५ गतेबाट प्रदर्शनमा आउने

सोमबार, २४ असोज २०७९, १० : ११
सोमबार, २४ असोज २०७९

बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने छ । 

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन् ।  केही समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र विविध प्राविधिक कारणले रिलिज पछि सारिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप