सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जापानको कन्सर्टमा भिटेनले ‘अनुहार देखाउन चाहन्नँ’ भन्दै टाउकोमा बोतल फोडे, मञ्चमै ढले

सोमबार, २४ असोज २०७९, १२ : २६
सोमबार, २४ असोज २०७९

भिटेन भनेर चिनिने र्‌यापर समिर घिसिङ जापानमा आयोजित एक कन्सर्टमा गरेको व्यवहारका कारण चर्चामा छन् । टोकियोमा आयोजित एक कन्सर्टको बीचमा उनले बबाल गरेका छन् ।

प्रस्तुती दिँदै गर्दा उनले कसैबाट केही पनि चाहिँदैन भनेर मुखसमेत छाडेका छन् । उनले आफ्नो अनुहार देखाउन नचाहेको र कसैको पनि अगाडि आउन नचाहेको पनि बताए । उनले ‘अब यहाँ धेरै बेर बस्दिनँ । सरी गाइज’ भनेर माइक राखे र बाहिरिन खोजे । त्यति नै बेला आयोजकले स्टेजमा आएर उनलाई रोक्न खोजे । उनी मानेनन् । एकछिन यताउती गरे र एक्कासी अगाडि भएको बोतल उठाएर  आफ्नै टाउकोमा फोडे ।  

टाउकोमा बोतल फोडेर उनले एउटा बबाल त गरिसकेका थिए, स्टेजमा ढलेर उनले अर्को पनि बबाल निम्त्याए । उनी स्टेजमा नै ढलेपछि उनलाई आयोजकले निकै बेरसम्म घेरेर राखे । उनी केही बेरपछि उठे र बोतलको पानीले मुख धोए । दर्शकले ‘वि लभ, भिटेन’ भनेर हुटिङ गरिराख्दा उनले दुबै हातले कान थुनेका थिए ।

त्यसपछि बल्लबल्ल माइक समातेर भने, ‘हे मलाई केही पनि चाहिँदैन । तपाईंहरुलाई नराम्रो लाग्ला तर मलाई केही पनि फरक परेन । म खासमा जापान आउँदिन थिएँ के । म मुडमा नै थिइनँ । यसरी हिँड्ने म जोनमा नै छैन । मलाई मेरो क्यारेक्टरबाट एकदम टाढा बस्न मन छ । ’

आफूलाई यसरी शो गर्दै हिँड्न मन नपर्ने बताउँदै उनले भने, ‘अब शोहरुमा पनि जादिनँ । मलाई पर्सनल्ली मात्रै बस्नु छ । म कसैको लागि फोर्सफुल्ली हिँड्न चाहन्नँ । यस्ता कुराहरुले मलाई धेरै नै समस्या भइरहेको छ । ’

यति भन्दै गर्दा उनले यस्ता कुरा कसैलाई भनिराख्न पनि आफूले जरुरी नठान्ने पनि बताए ।

भिटेनको यस्तो हर्कत पनि आयोजकले सम्पूर्ण दर्शकसँग माफी मागेको छ । कार्यक्रममा उपस्थित दर्शकले भिटेनले उभिनै नसक्ने गरी रक्सी पिएका कारण कार्यक्रम सफल हुन नसकेको बताए । जापानका अन्य शहरमा पनि भिटेनकै कारणले कार्यक्रम सफल हुन नसकेको पनि धेरैले फेसबुकमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप