आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही –५ : एमालेका उम्मेदवार घिमिरे कि भट्टराई ?

सोमबार, २४ असोज २०७९, ०१ : ००
सोमबार, २४ असोज २०७९

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेबाट २ जनाको उम्मेदवारी दर्ता भएपछि कुन उम्मेदवार आधिकारिक हुन् भन्ने जिज्ञासा कार्यकर्तामा पलाएको छ । एमालेले सुरुमा बासुदेव घिमिरेलाई टिकट दिएको थियो ।

पछि पार्टीले घिमिरेको उम्मेदवारी भुलवस भन्दै उनको ठाउँमा खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको पत्र निर्वाचन आयोगको कार्यलयमा बुझाएको थियो । पहिला उम्मेदवार भनेर टिकट पाएका घिमिरेले आइतबार भट्टराईभन्दा अगाडि उम्मेदवारी दर्ता गरेका थिए । उनको उम्मेदवारी दर्ता भइसकेपछि एमालेबाटै खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गरेका थिए । 

एउटै दलबाट दुई जनाको उम्मेदवारी परेपछि एमालेको उम्मेदवार को हो भनेर पार्टीको आधिकारिक जानकारी लिएर एकजनाको उम्मेदवारी रद्ध गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद आर्यालले एउटा पार्टीबाट एउटै निर्वाचन क्षेत्रमा २ जना उम्मेदवारको मनोनयन दर्ता नहुने भन्दै कुन उम्मेदवार आधिकारिक हो भन्ने बुझेर एक जनाको नाम हटाइने जानकारी दिए । 

सोमबार उम्मेदवारको दावी विरोधको कार्यक्रम रहेको छ । मंगलबारसम्म निर्वाचन अधिकृतले दुईमध्ये एकजनाको नाम हटाउने उनले बताए । यसैबीच घिमिरेले क्षेत्र नम्बर  ५ मा पार्टीले टिकट दिएकैले उम्मेदवारी दर्ता गरेको प्रतिक्रिया दिएका छन् । ‘पार्टीले मलाई टिकट दिएकैले उम्मेदवारी दिएको हो । उम्मेदवारी दिइसकेपछि निर्वाचन ऐन अनुसार अगाडि बढ्नेबाहेकको विकल्प छैन’, रातोपाटीले उम्मेदवारी फिर्ता लिनुहुन्छ कि स्वतन्त्र लड्नुहुन्छ भनेर गरेको प्रश्नमा भने, ‘निर्वाचन ऐन अनुसार गर्छु । म पार्टीको इमान्दार कार्यकर्ता भएकाले ऐन अनुसार नै चल्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप