मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तनहुँमा ९९ जनामा डेंगु संक्रमण

सोमबार, २४ असोज २०७९, २२ : २४
सोमबार, २४ असोज २०७९

तनहुँमा केही दिनयता ९९ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । चार सय चारजनाको स्वास्थ्य परीक्षण गरिएकामा उनीहरूमा पोजेटिभ देखिएको हो ।

तीन सय पाँचजनामा भने नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेङ्गु रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि सचेत बन्नुपर्ने देखिएको छ । अन्य रोगका तुलनामा डेङ्गुका बिरामी बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव हुन थालेको छ । 

गत शनिबार मात्रै ११ जनामा डेङ्गु पोजेटिभ देखिएको दमौली अस्पतालका इमरजेन्सी कक्षका अहेव राजेश क्षेत्रीले जानकारी दिए । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय पचास जनासम्म ज्वरोका हुने गरेका छन् । 

डेङ्गु हुँदा मानिसमा उच्च ज्वरो आउने, ज्यान दुख्ने र बान्ता गर्ने लगायतका लक्षणहरु देखिन्छ । पन्ध्र शय्या क्षमताको अस्पतालमा ४० शय्यासम्म राखेर सेवा दिँदा पनि शय्या अपुग भएको उनले बताए । डेङ्गुबाट बच्नका लागि टोलटोलमा गएर अझै मानिसहरुमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ । 

ज्वरो आएमा पारासिटामोल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रामा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव दिने गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिनन्दन तिवारीले जानकारी दिए । उनका अनुसार आफ्नो घर वरिपरि सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिनेलगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप