सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद : आज दुई खेल हुँदै

मङ्गलबार, २५ असोज २०७९, ०९ : १५
मङ्गलबार, २५ असोज २०७९

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् । 

प्रतियोगिताको पहिलो खेलमा वागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । 

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश र वागमती प्रदेश रहेको छ भने समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप