आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मङ्गलबार, २५ असोज २०७९, १२ : ३९
मङ्गलबार, २५ असोज २०७९

सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंक सञ्चालकमध्येका एक संस्थापक सेयरधनीले आफ्नो ५० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । 

बैंकका अनुसार संस्थापक सेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका हुन् । उक्त बिक्री सेयर बैंकका अन्य संस्थापक सेयरधनीले वा अन्य व्यक्ति, कम्पनी वा संघ संस्था, कम्पनीहरुले खरिद गर्न सक्नेछन् ।

ईच्छुक खरिदकर्ताले असोज २५ गतेबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार आवेदन दिनेसक्ने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप