सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीले बेनफिकाविरुद्धको खेल गुमाउने

मङ्गलबार, २५ असोज २०७९, १२ : ४८
मङ्गलबार, २५ असोज २०७९

पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनेल मेस्सीले मंगलबार बेनफिकाविरुद्ध च्याम्पियन्स लिगको समूह चरणको खेल गुमाउने भएका छन् । खुट्टामा लागेको चोटका कारण उनले खेल्न नपाउने भएका हुन् ।

३५ वर्षीय खेलाडीले गत हप्ता पोर्चुगलमा बेनफिकाविरुद्ध पहिलो चरणको खेलमा गोल गरेका थिए । तर खेलको अन्त्यतिर उनलाई सब्सटिट्युट गरिएको थियो ।

गत शनिबार लिग वानमा रेम्सविरुद्धको खेल पनि अर्जेन्टिनी फरवार्डले गुमाएका थिए । सो खेलमा यो सिजन पहिलोपटक गोल गर्न नसकेपछि पीएसजी बराबरी खेल्न बाध्य बनेको थियो ।

च्याम्पिन्यस लिगमा पीएसजी बेनफिकासँगै ७ अंकसहित समूह एचको शीर्ष स्थानमा रहेको छ । समूहमा युभेन्टस तेस्रो स्थानमा रहेको छ । आफ्नो घरेलु मैदानमा खेलिने खेलमा पीएसजीले प्रेसनेल किमपेम्बे, नुनो मेन्डेज र रेनाटो सान्चेजलाई पनि गुमाउने भएको छ ।
बीबीसी स्पोर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप