काठमाडौं-५ मा एमालेको ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ५५५ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ५५५ जनाको निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो ।
जसमा काठमाडौं जिल्लाका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यहरू रहेका छन् । कार्यक्रममा एमाले काठमाडौं ५ का उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति अहिले दुई ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको बताए । उनले अबको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने दाबी गरे ।
‘राष्ट्रिय राजनीति दुई पोलमा विभाजित भएपछि हामी कुन पोलको वरिपरि गोलबन्द हुने हो ? यसको फैसला नेपाली जनताले मंसिर ४ को निर्वाचनमा गर्नेछन्’, पोखरेलले भने, ‘अब मूलकको नेतृत्व एमालेले नेतृत्व गरेको पोलले गर्नेछ ।’