सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बराबरी बावजुद सिटी अन्तिम १६ मा

बुधबार, २६ असोज २०७९, ०८ : ४६
बुधबार, २६ असोज २०७९

१० खेलाडीमा सीमित म्यानचेस्टर सिटी एफसी कोपनहेगनसँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीका बावजुद पनि सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको समूहकै अन्य खेलमा सेभिया र बोरुसिया डर्टमण्डले बराबरी खेलेपछि सिटी अर्को चरणमा प्रवेश गरेको हो । भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) हाबी भएको खेलमा सिटीका रोड्रीले २५ यार्ड टाढाबाट गरेको गोललाई रद्द गरिएको थियो भने सिटीले पेनाल्टी पाएको थियो ।

२५ औँ मिनेटमा पाएको सो पेनाल्टीलाई रियाद महारेजले गोलमा परिणत गर्नबाट चुकेका थिए । त्यसको ५ मिनेट पछि सर्जियो गोमेजले रातो कार्ड खाँदै मैदान छाड्न परेपछि सिटी १० खेलाडीमा सीमित बन्न परेको थियो । 

अर्लिङ हालान्डलाई बेन्चमा राखिएको खेलमा सिटीले त्यसपछि गोल गर्न सकेन र खेल गोलरहित बराबरीमा टुंगियो । समूह सीमा सिटी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ७ अंकसहित डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । सेभिया २ अंकसहित तेस्रो स्थानमा छ भने समान अंक रहेको कोपनहेगन चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप