सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मिलानमा चेल्सी हाबी

बुधबार, २६ असोज २०७९, ०९ : ०६
बुधबार, २६ असोज २०७९

इङ्ग्लिस क्लब चेल्सीले १० खेलाडीमा सीमित एसी मिलानलाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको छ । मंगलबार भएको खेलमा चेल्सीका पूर्व डिफेन्डर फिकायो टोमोरीले खेलको १८ औँ मिनेटमा नै मेसन माउन्टलाई फल हानेपछि रातो कार्ड पाएका थिए ।

त्यसपछि जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ३४ औँ मिनेटमा पीएरे एमरिक औबामियाङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा चेल्सीले रिस जेम्सलाई घाइते हुँदै गुमाएको थियो ।

चार खेलपछि चेल्सी ७ अङ्कसहित समूह ‘ई’को शीर्ष स्थानमा रहेको छ । डाइनामा जाग्रेबसँग बराबरी खेल्दै आरबी साल्जबर्ग ६ अङ्कसहित दोस्रो स्थानमा खस्केको छ । ४ अङ्क बटुलेको मिलान तेस्रो स्थानमा छ भने जाग्रेबको पनि समान अङ्क रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप