सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यसरी प्रदान गरिन्छ उम्मेदवारलाई चुनाव चिह्न

बुधबार, २६ असोज २०७९, ०९ : २५
बुधबार, २६ असोज २०७९

निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न वितरण दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् ।

चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन । चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । 

दलका उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउने भए पनि स्वतन्त्रले भने आयोगले तोकेको मध्येबाट निर्वाचन चिह्न छान्नुपर्ने छ । एउटै चिह्नमा दुई उम्मेदवारको दाबी भएमा नेपाली वर्णानुक्रमका आधारमा प्राथमिकता दिइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप