सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, २६ असोज २०७९, १० : ३६
बुधबार, २६ असोज २०७९

धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनमा मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रामनारायण ठाकुर रहेका छन् । गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा गएराती मृत्यु भएको हो ।    

मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । 

हिजो साँझ ५ बजे ज ११ प ७५८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर  सडक छेउमा रहेको पोलमा ठोकिएको प्रहरी चौकी जिरोमाईल धनुषाले जानकारी दिएको छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप