सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायती संसदमा बोल्दा–बोल्दै सुत्यो रोबोट : आँखा जम्बीको जस्तो भयो, रिबुट गर्नुपर्‌यो

बुधबार, २६ असोज २०७९, ११ : ०३
बुधबार, २६ असोज २०७९

बेलायती संसदमा मंगलबार एक विशेष पाहुना देखियो । यो पाहुनाले बेलायती संसदलाई विज्ञानको दुनियाँमा अनौठो क्रान्ति आर्टिफिसियल इन्टेलिजेन्सबारे सम्बोधन गरिरहेको थियो । यद्यपि, यो सम्बोधनका बेला एउटा अचम्मको स्थिति सिर्जना भयो जब यो रोबटलाई आफ्नो प्रस्तुती दिँदा दिँदै निद्रा लाग्यो । त्यसैकारण रोबटको आँखा डरलाग्दो जम्बीजस्तो भयो । वास्तवमा यो एउटा प्राविधिक समस्या थियो जसलाई तुरुन्तै ठिक पारियो ।

आई–डा नामको यो मानिसजस्तो देखिने रोबोटलाई अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकले विकसित गरेका हुन् । यो रोबोटको नाम बेलायतकी गणितिज्ञ एडा लवलेसको नाममा राखिएको हो । बेलायको संसदले यो रोबोटको अगाडि जुन प्रश्न रोखे त्यो निकै सम–सामायिक र आवश्यक थियो । बेलायती संसदले ‘के आर्टिफिसियल इन्टेलिजेन्सले क्रिएटिभ इन्डष्ट्रिका लागि कुनै खतरा पैदा गरिरहेको छ ?’ सोधेको छ ।

यो रोबोटलाई विश्वको पहिलो अल्ट्रा रियालिस्टिक आर्टिफिसियल ह्युमनोइड रोबोट आर्टिस्ट भनिन्छ । युवतीको जस्तो अनुहार, डेनिम कपडा र विग लगाएको यो रोबोटले इन्टरनेटमार्फत् बेलायती संसदलाई सम्बोधन गर्न सुरु गर्यो तब रोबोटले भन्यो, ‘म कम्प्युटर प्रोग्राम र एल्गोरिदममार्फत् सञ्चारित हुन्छु र कलात्मक चिज बनाउन सक्छु ।’

यो कार्यक्रमको आयोजना हाउस अफ लर्डस् कम्युनिकेसन एन्ड डिजिटल कमेटीले गरेको थियो । कार्यक्रमकै बीचमा नै रोबोटमा प्राविधिक समस्या आयो र त्यसको आँखा ठूलो भयो । यतिबेला रोबोटको अनुहार जम्बीजस्तो भएको थियो ।

त्यसपछि यो रोबोट बनाउने एडेन मेलरले यसलाई रिबुट गरिदिए र यसलाई चस्मा लगाइदिए ताकि सम्बोधन चालु हुन सकोस् । हाउस अफ लर्डस् कम्युनिकेसन एन्ड डिजिटल कमेटीले आई–डालाई ‘तिमी कलात्मक कृति कसरी बनाउँछौ र मानिसले बनाएका यस्ता चिजभन्दा तिमी कसरी भिन्न छौ ?’ भनेर प्रश्न गरे ।

यसको जवाफमा आई–डाले भन्यो, ‘म आफ्नो आँखामा राखिएको क्यामराले, आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक आर्म्सले क्यानभासमा पेन्टिङ गर्न सक्छु । यी तस्बिर निकै आकर्षक हुन्छन् ।’ आई–डाले थप्यो, ‘यद्यपि, यी चिजको सब्जेक्टिभ एक्सपिरियन्स छैन त्यसैले म यसलाई बनाउनका लागि कम्प्युटर प्रोग्राम्स र एलगोरिदममा निर्भर छु तर म कलात्मक चिज बनाउन सक्छु ।’

यो रोबोटले बेलायतको संसदलाई भन्यो, ‘कला बनाउन प्रविधिको भूमिका बढिरहनेछ । जसरी हामी आर्ट बनाउँछौँ त्यसमा प्रविधिको पहिलादेखि नै निकै धेरै प्रभाव परेको छ ।’

कलात्मक कृति के हो ? यसबारे कुरा गर्दै आई–डाले भन्यो, ‘कला थुप्रै चिज हुनसक्छ । पेन्टिङदेखि ड्रइङ वा कवितासम्म । मेरो कला अभ्यासमा यी सबै समावेश छन् किनभने आर्ट धेरैजसो तपाईंको व्याख्यामा निर्भर हुन्छ । यसमा दर्शकको भूमिका महत्वपूर्ण हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप