सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नासाको अन्तरिक्ष यानले फेरिदियो क्षुद्र ग्रहको बाटो, पृथ्वीको रक्षा गर्ने मिसन पुरा

बुधबार, २६ असोज २०७९, १२ : १०
बुधबार, २६ असोज २०७९

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको डार्ट मिशनले इतिहास रचेको छ । ५५० किलोग्राम तौलको अन्तरिक्ष यानले ५०० करोड किलोग्राम तौल भएको क्षुद्र ग्रहको दिशा फेरिदिएको छ । अर्थात्, नासाले आफ्नो पहिलो प्लानेटरी डिफेन्स सिस्टममा सफलता हासिल गरेको छ । यसको अर्थ यो हो कि यदि कुनै क्षुद्रग्रह धर्तीका लागि खतरनाक छ भने त्यो आउनुभन्दा अघि नै अन्तरिक्षमा मोड्न सकिनेछ ।

नासाले २७ सेप्टेम्बर २०२२ को दिन स्थानीय समय अनुसार बिहान ४ः४५ मा डाइमरफोस क्षुद्रग्रहसँग आफ्नो डबल एस्टेरोइड रिडायरेक्सन टेस्ट (डार्ट) मिसन अन्तरिक्ष यानलाई ठोक्काएको थियो । डाइमरफोस आफ्नो मुख्य क्षुद्र ग्रह डिडिमोसको चारैतिर चक्कर लगाइरहेको छ । डिडिमोसको चारैतिर डाइमरफोसले  ११ घण्टा ५५ मिनेटमा एक चक्कर लगाउँथ्यो । तर ठक्करपछि अब यसमा ३२ मिनेटको कमी आएको छ । अर्थात् अब यसले ११ घण्टा २३ मिनेटमा चक्कर लगाइरहेको छ ।

पछिल्लो दुई हप्तादेखि डार्ट मिसनका वैज्ञानिक डाइमरफोसको गतिको गणना गरिरहेका थिए । नासा प्रमुख बिल नेल्सनले यो हाम्रो लागि मात्रै नभई धर्तीका समग्र जीवका लागि ठूलो उपलब्धि भएको बताएका छन् । उनले भने, ‘हामी धर्तीलाई क्षुद्रग्रहबाट बचाउनका लागि यस्ता अन्य मिसन सुरु गर्न सक्छौँ । ’

धर्तीबाट डार्ट मिसनको लञ्चिङ करिब ११ महिना अघि गरिएको थियो । २७ सेप्टेम्बरमा उसले पृथ्वीबाट १.१० करोड किलोमिटर टाढा अवस्थित बाइनरी एस्टेरोइडलाई ठक्कर हान्यो ।

डाइमरफोसको निस्कियो १० हजार किलोमिटर लामो ‘पुच्छर’

ठक्करपछि डाइमरफोसबाट निस्केको धुलो, पत्थरको टुक्राका कारण अब यसको पछाडि अन्तरिक्षमा हज्जारौं किलोमिटर लामो पुच्छर बनेको छ । यो ‘पुच्छर’ करिब १० हजार किलोमिटर लामो छ । अब डाइमरफोस यसै पुच्छरसहित पहिलाभन्दा ३२ मिनेट कम समयमा डिडिमोसको चक्कर लगाइरहेको छ । अर्थात्, उसको आर्बिटको लम्बाइमा कमी आएको छ । यसको दिशा फेरिएको छ । वैज्ञानिकले कम्तीमा ७३ सेकेन्ड र अधिकतम १० मिनेटको मी आउने आशा गरेका थिए । तर आधाभन्दा बढी सष् कम हुनु ठूलो कुरा हो । भविष्यमा यो दुई मिनेट कम वा बढी पनि हुनसक्ने अनुमान गरिएको छ ।

यो मिशन किन आवश्यक थियो ?

धेरैजसो क्षुद्र ग्रह खतरनाक हुँदैनन् । न भविष्यमा हुनेछन् । यदि कुनै क्षुद्र ग्रहबाट सम्भावित खतरा छ भने यसलाई पोटेन्सियली हजार्ड्स अब्जेक्ट्स (पिएचओ) भनिन्छ । यी सयदेखि १६५ फिट व्यास वा योभन्दा पनि ठूला हुन्छन् । यी स्पेस रक्सको दुरी धर्तीभन्दा ८० लाख किलोमिटरसम्म छ । त्यसैले त नासा र विश्वभरिका वैज्ञानिकले यसमाथि निगरानी राख्छन् । यी क्षुद्र ग्रहलाई नियर अर्थ अब्जेक्ट्स (एनईओ) भनिन्छ । कुनै ठुला ढुङ्गा पृथ्वीको दिशामा आउँदैछ कि भनेर विश्वभरीका वैज्ञानिकले आकाशतिर हेरिरहेका छन्, जुन खतरनाक बन्न सक्छ ।

डाइमरफोस–डिडिमोस कति ठूला छन् ?

डार्ट मिशन अन्तरिक्ष यान १९ मिनेटर लामो थियो । डाइमरफोस स्ट्याचु अफ लिबर्टीभन्दा लगभग दोब्बर ठूलो छ । करिब १६३ मिटरको छ । डिडिमोस ९८० मिटरको छ । डिडिमोसको अर्थ ग्रीक भाषामा जुम्ल्याहा हो । डार्ट मिशन स्पेसक्राफ्ट २२ हजार किलोमिटर प्रतिघण्टाको गतिले डाइमरफोससँग ठोक्कियो । तपाईंहरुलाई यो पनि लाग्न सक्ला कि यति हल्का अन्तरिक्षयानले यति ठूलो पत्थरलाई कसरी हल्लाउन सक्छ ? नासाका अनुसार यो काइनेटिक इम्प्याक्टर प्रविधिका कारण सम्भव भएको हो । अर्थात्, ठक्करपछि अन्तरिक्षयानको काइनेटिक एनर्जी र गतिले डाइमरफोसको गतिमा अन्तर ल्याउनु । यसको दिशामा परिवर्तन ल्याउनु । यो कुरा त शताब्दिऔँ अघि न्युटनले आफ्नो ‘ल अफ मोसन’ मा भनिसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप