सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा जिप दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते

बुधबार, २६ असोज २०७९, १३ : ०२
बुधबार, २६ असोज २०७९

बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो । 

काठमाण्डौ आउदै गरेको बागमती प्रदेश ०१ ०२८ च  ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रित भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए ।  घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा  उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो । 

घाइते भएका मध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप