सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्याडोनाले टिकटक भिडियो बनाउँदै गरिन् आफू ‘गे’ भएको खुलासा ?

बुधबार, २६ असोज २०७९, १५ : ०३
बुधबार, २६ असोज २०७९

पप स्टार भनेर चिनिने म्याडोनाले आइतबार एक टिकटक भिडिया अपलोड गरेकी छिन् । यो भिडियो विशेष रुपमा चर्चित बनेको छ किनभने उनले यसमा एउटा वाक्य लेखेकी छिन् जसले उनी ‘गे’ भएकोतर्फ इंगित गर्छ ।

टिकटकको भिडियो क्लिपमा ६४ वर्षकी म्याडोनाले क्रिम रङको पोसाक लगाएकी छिन् र भित्री वस्त्रजस्तो देखिने एउटा चम्किलो गुलाबी वस्तु समातेकी छिन् । भिडियोमा उनले लेखेकी छिन्, ‘म चुकेँ भने  गे हुँ ।’

गायिकाले त्यसपछि उक्त भित्री वस्त्र डस्टबिनमा फाल्ने प्रयास गर्छिन् तर यस्तो देखिन्छ कि उनले त्यस्तै गर्ने उद्देश्य राखेकी छिन् । डस्टबिनभित्र भित्री वस्त्र पुर्याउने उनको प्रयास विफल भयो । क्यामराले उनको अनुहारको भाव पनि कैद गरेको छ जसमा उनले यसलाई निकै सामान्य तरिकाले लिएको देखिन्छ ।

अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको आसपास म्याडोनाले उक्त भिडियो पोस्ट गरेकी हुन् ।

उनको टिकटक भिडियोले धेरै प्रशंसकलाई भ्रममा पारिदिएको छ । कतिले म्याडोनाले रमाइलोका लागि वा भाइरल ट्रेन्डमा समावेश हुन यस्तो गरेकी त होइनन् भनेर प्रश्न उठाइरहेका छन् ।

यद्यपि, म्याडोनाले आफ्नो यौनिकताबारे यसअघि पनि बोलिसकेकी छिन् । तर उनले सार्वजनिक रुपमा पुरुषसँग मात्रै डेट गरेकी छिन् । सन् १९९१ मा दिएको एक अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ कि सबै व्यक्तिमा बाइसेक्सुअल व्यवहार हुन्छ । त्यो मेरो सिद्धान्त हो । म गलत पनि हुनसक्छु ।’

यसका साथै सन् २००३ को एमटिभी भिडियो म्युजिक अवार्डमा उनले गायिका ब्रिटनी स्पेयर्स र क्रिस्टिना अगुलेरालाई चुम्बनसमेत गरेकी थिइन् ।

एक रिपोर्टका अनुसार उनको मोडल जेनी सिमिजुसँग रोमान्टिक सम्बन्धसमेत थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप