सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाढी पीडितहरूको उपचार र पुनःस्थापना सरकारले गर्छ : मुख्यमन्त्री केसी

बुधबार, २६ असोज २०७९, १७ : ०५
बुधबार, २६ असोज २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अविरल वर्षातसँगै आएको बाढी पहिरोमा परी अङ्गभङग भएका र घरबारविहीन भएका पीडितहरूको उपचार र बसोबासको व्यवस्थापन सरकारले गर्ने बताएका छन् । दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन ।

अबिरल वर्षासँगै बाढी पहिरोका कारण प्रदेशका १२ जिल्ला नै प्रभावित भएका सरकारले आपतकालीन रुपमा यस्तो निर्णय गरेको उनले बताए । मुख्यमन्त्री केसीले तत्काल उद्धार तथा लगत संकलन गरी उपचार बन्दोबस्तसहित पीडितहरूको बसोबासको व्यवस्थापनका लागि स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा काम गरिने बताए हुन । 

साथै मुख्यमन्त्री केसीले बाढी प्रभावित क्षेत्रहरुको अध्ययन अवलोकन गरी प्रदेशका १२ वटै जिल्लाका प्रतिवेदन पेश गर्न सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्देशन समेत दिइएको बताएको छन् । प्रदेश सरकारले बाढी प्रभावितहरुको व्यवस्थापनका लागि तत्काल पुनःस्थापनाको योजना तय गर्ने भएकाले प्रदेशका सबै जिल्लाहरुमा पत्राचार समेत गरिएको उनले बताए । बाढी प्रभावित क्षेत्रको प्रारम्भिक क्षेत्रको विवरण बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले मुख्यमन्त्री केसीलाई बुझाएका हुन् । 

यसैबीच बुधवार लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्कासहित दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा र प्रदेशसभा उम्मेदवार राजु खनालसहितको टोलीले बंगलाचुली गाउँपालिकाका वडा नं. ३ र ४ बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप