सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नौ लाख नगदसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ

बिहीबार, २७ असोज २०७९, ०७ : ०२
बिहीबार, २७ असोज २०७९

रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया-६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन । 

उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् । प्रवक्ता मल्लका अनुसार बुधबार दिउँसो  जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेको थियो । सोही  क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको प्रवक्ता मल्लले जानकारी दिएका छन् । 

बरामद रुपैयाँ र मोटरसाइकलसहित  राज कुमार भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप