सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सलाह चम्किदा लिभरपुलको फराकिलो जित

बिहीबार, २७ असोज २०७९, ०८ : २५
बिहीबार, २७ असोज २०७९

 इङ्ग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो ।

मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि लिभरपुलले पुनरागमन गर्दै फराकिलो जित निकालेको हो । सलाहले यसै खेलमार्फत च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक चाँडो ह्याट्रिक पूरा गर्ने खेलाडी बनेका छन् । 

जितसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ । समूह ए को लिभरपुल दोस्रो स्थानमा रहेको छ । रेन्जर्स अंक विहीन रहदै पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप