सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाविरुद्धको शृङ्खला इंग्ल्याण्डलाई

बिहीबार, २७ असोज २०७९, ०९ : ३०
बिहीबार, २७ असोज २०७९

विश्व विजेता अस्ट्रेलियालाई ८ रनले हराउँदै इंग्ल्याण्डले एक खेलअघि नै टी २० शृङ्खला जित्न सफल भएको छ । तीन खेलको शृङ्खलामा इंग्ल्याण्डले २–० को अग्रता लिएको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि मिचेल मार्सले ४५ तथा टीम डेभिडले ४० रनको योगदान दिए । इंग्ल्याण्डका साम करनले ३ विकेट लिए ।

यसअघि डेविड मलानको २ रनको मद्दतले इंग्ल्याण्डले ७ विकेटको क्षतिमा १ सय ७ रन बनाएको थियो । उनलाई मोइन अलीले ४४ रन बनाउँदै राम्रो साथ दिए । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ३ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप