सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनिल र कालीप्रसादले क्लब टेनएक्समा दर्शक नचाउने

बिहीबार, २७ असोज २०७९, १४ : ४१
बिहीबार, २७ असोज २०७९

गायक अनिल सिंह, कालीप्रसाद बाँस्कोटा, एकदेव लिम्बू र डीजे ओलारुस लगायतले गीत संगितमा दर्शक नचाउने भएका छन् । ठमेलस्थित क्लब ‘टेनएक्स’ ले आफ्नो पहिलो वार्षिक उत्सव पारेर आयोजना हुने कार्यक्रममा प्रवेश समेत निःशुल्क राखिएको छ । 

अक्टोबर १६ र १७ तारिख अर्थात असोज ३१ र कात्तिक १ गते दुईरात आयोजना हुने विशेष कार्यक्रममा माथिका गायक गायिकाको अलवा ख्यातीप्राप्त डिजे तथा अन्य गायक÷गायिकाको समेत प्रस्तुति रहने क्लबका सिइओ पौरख मर्दन बस्न्यातले बताए ।

सुशील नेपालले होस्ट गर्ने उक्त विशेष कार्यक्रममा फेसन कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारलगायतका चर्चित सेलिब्रेटीहरुको पनि उपस्थिति रहने क्लबले जनाएको छ । क्लब टेनएक्समा हरेकरात डीजे सिजन, डीजे निहान र डीजे आइजेनले यु्वायवती एवं क्लबप्रेमीहरुलाई नचाउँदै आएका छन् । उनीहरू इनहाउस डिजेहरु हुन् । उक्त दिन पनि उनीहरूको आफ्नो प्रस्तुति दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप