आकाश, सुरवीर र फुलन्देकी आमासँग बसन्तीको ठुम्का
बिहीबार, २७ असोज २०७९, २२ : २५
गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी वसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ । पूर्वेली तथा आधुनिक गीतहरू ल्याइरहने बसन्तीले पहिलो पटक आइटम गीत ल्याएकी हुन् ।
चर्चित म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा वसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डित र कमेडियन फुलन्देकी आमा उमेश राईसँग नाचेकी छिन् । वसन्ती राईको प्रस्तुतिमा बनेको म्युजिक भिडियो गम्भीरको निर्देशनसँगै कोरियोग्राफी पनि रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा एडिट तथा कलर नवीन निरौलाको रहेको छ ।