आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाढीबाट बचेकाहरू बस आगलागीमा परे, १८ जनाको मृत्यु

बिहीबार, २७ असोज २०७९, २२ : ३१
बिहीबार, २७ असोज २०७९

पाकिस्तानको सिन्ध प्रान्तमा पर्ने जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १८ को मृत्यु भएको छ । मृतकहरुमा ८ जना बालबालिका र नौ जना महिला छन् ।  प्रहरीका अनुसार बसमा लगभग ५० जना सबार थिए र प्रारम्भिक अनुसन्धानमा बसमा सबार सबै यात्रु एउटै संयुक्त परिवारका सदस्य रहेको बताइएको छ । पाकिस्तानमा पछिल्लो समय वितण्डा मच्चाएको बाढीले तिनको गाउँ डुबाएपछि उनीहरू कराँचीस्थित अस्थायी क्याम्पमा सारिएका थिए । 

जामशोरो जिल्लाका डीएसपी जावेद बलोचले मिडियालाई बताए अनुसार बसले ती यात्रुलाई कराँची स्थिति बाढी पीडित बस्ने क्याम्पबाट तिनको गाउँ खैरपुर नाथन शाह लाँदै थियो । तर नूरियााबादनजिक पुग्दा बसमा आगलागी भयो ।   

शव र घाइतेहरूलाई जामशोरोस्थित लियाकत विश्वविद्यालय अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकहरूले घाइतेहरु मध्ये पनि केही गम्भिर रुपमा जलेकाले मर्नेको सङ्ख्या बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । 
सञ्चारमाध्यमका अनुसार बसको एयर कन्डिसनिङ प्रणालीमा खराबी आएपछि आगजनी सुरु भएको थियो र आगजनीबाट बस पुरै जलेको थियो । -अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप