सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा आजबाट सुरु हुँदै

शुक्रबार, २८ असोज २०७९, ०६ : ४८
शुक्रबार, २८ असोज २०७९

नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा रंगशालामा  विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले खेल​को औपचारिक उद्घाटन गर्नेछन् । 

उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् र विजयी खेलाडी र खेलाडीका टिमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र कास्य पदक हात पार्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप