सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा २४ सिटका लागि ११६ जना चुनावी मैदानमा

शुक्रबार, २८ असोज २०७९, ०७ : ०६
शुक्रबार, २८ असोज २०७९

प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । 

सुर्खेत र दैलेखमा ४÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।  

यस्तै डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोट ७ जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेश सभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगको अन्तिम नामावलीमा प्रकाशित तथ्यांकमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप