आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप

शुक्रबार, २८ असोज २०७९, ०९ : २५
शुक्रबार, २८ असोज २०७९

पश्चिम नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप देखिएको छ । विहिबार बेलका सम्म १ सय ६२ जना झाडापखालाको बिरामीको भेटिएका छन् । 

रामग्राम नगरपालिका वडा नंं. १८ को पम्फापुरमा झाडापखाला फैलिएपछि रामग्राम नगरपालिकाले गाउँमै अस्थाई शिविर सञ्चालन गरेको नगर प्रमुख धनपत यादवले जानकारी दिए । झाडापखाला र ज्वरोका कारण गम्भीर बिरामी भएका १९ जनामध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको यादवले बताए ।

दुर्गा पूजा समापनको प्रसाद खाएका सबैमा समस्या देखिएकाले फुड प्वाईजनका कारण झाडावान्ता फैलिएको आशंका गरिएको छ । वास्तविक कारण पत्ता लगाउन लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय सहितको टोली सम्बन्धित स्थानमा पुगेर पानी र दिशाको नमूना संकलन गरेको रामग्राम नगरपालिकाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप