सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, २८ असोज २०७९, १० : २७
शुक्रबार, २८ असोज २०७९

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरापालिका–१३ कैलालीगाउँका ३१ वर्षीया दुर्गा ओझा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से ६ प ३९३६ नंको मोटरसाइकल नालीमा पल्टिएको थियो । 

उनको  टाउको र अनुहारमा चोट लागेको थियो । ओझाको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप