सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जसपाको मन्त्री, कांग्रेसको उम्मेदवार !

शुक्रबार, २८ असोज २०७९, ११ : ४६
शुक्रबार, २८ असोज २०७९

पार्टी परिर्वतन गरेर नेपाली कांग्रेसबाट उम्मेदवार समेत बनेका कपिलबस्तुका जनता समाजवादी पार्टी (जसपा) नेता सहसराम यादवले मन्त्री पदबाट भने राजीनामा दिएका छैनन् । जसपाको तर्फबाट लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका यादवलाई पार्टीले नैतिकताको प्रश्न उठाएको छ । 

जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका यादव कपिलबस्तुको क्षेत्र १ को (ख) बाट प्रदेश सभातर्फ उम्मेदवार बनेका छन् । जसपा लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता समेत रहेका यादव हाल कांग्रेस उम्मेदवारको रुपमा चुनाव प्रचारप्रसारमा छन् । 

यादव रुख चिह्न लिएर चुनावी मैदानमा रहेपनि उनी जसपाको तर्फबाट मन्त्री पदमा कायमै छन् । यादव मंसिर २३ गते जसपा परित्याग गरी कांग्रेस प्रवेश गरेपनि अझै जसपाबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न नसकेको जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले गुनासो गरे । जसपाकै कोटाबाट मन्त्री पदमा बसिरहनु लज्जास्पद भएको अध्यक्ष यादवको भनाइ छ ।

उनले भने, ‘जसपाबाट मन्त्री हुने तर अर्कै पार्टीबाट चुनाव लड्ने यो कस्तो प्रकारको राजनीतिक संस्कार हो ? सहसराम जिले नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिनुपर्छ ।’ यादवलाई जसपाले आसन्न निर्वाचनमा पनि उम्मेदवार बनाउन चाहेको थियो । सोही अनुसार केन्द्रबाट एमाले–जसपा तालमेलमा कपिलवस्तु–१ को प्रदेश सभा ‘क’ जसपाको भागमा परेको थियो ।

यही क्षेत्रबाट चुनाव लड्ने गरी यादवलाई जसपाले उम्मेदवार बनाएको थियो । मंसिर २३ गते जसपाबाट मनोनयन दर्ता गर्ने गरी निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर रुख चिह्नका उम्मेदवार बन्न पुगेका थिए । जसपाका नेता तथा कार्यकर्तासँगै ताममाझको साथ मनोनयन दर्ता गराउन आएका उनी एकाएक मोडिएर कांग्रेस उम्मेदवार भएपछि कार्यकर्ता आश्चर्यमा परेका थिए ।

यादवले पार्टी छाडेको एक हप्ता बित्न लाग्दा पनि मन्त्रीबाट हटाइएको छैन् । सत्ता गठबन्धनको लुम्बिनी प्रदेश सरकार रहेको कारण यादवलाई मन्त्रीबाट नहटाइएको हुन सक्ने जसपाका नेताको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप