सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोंगबुबाट ११ जना जुवाडे पक्राउ

शुक्रबार, २८ असोज २०७९, १२ : १४
शुक्रबार, २८ असोज २०७९

काठमाडौंको गोंगबु स्थित गेस्ट हाउसबाट प्रहरीले ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गोंगबु स्थित ओयो गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बहादुर बोहराले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा मकवानपुर घर भएका ४२ वर्षीय कृष्णबहादुर बल, गोरखा घर भएका ३७ वर्षीय मनोजकुमार श्रेष्ठ, नवलपरासीको कावासोती घर भएका ३४ वर्षीय लिलाबहादुर ठाडामगर, काठमाडौं चन्द्रागिरी घर भएका ५६ वर्षीय विनोदकुमार केसी छन् । 

त्यस्तै,गोरखाका खुसिमान गुरुङ, मन्जित गुरुङ, पाँचथरका मित्रप्रसाद ढकाल, लमजुङ घर भएका क्षेत्रबहादुर गुरुङ र कास्की घर भएका सूर्य बहादुर गुरुङसहित ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र वृत महाराजगन्जबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट ४ लाख २५ हजार नगद बरामद गरेको छ । बिहिबार साँझ पक्राउ परेकाहरुको साथबाट ६ बुक तास बरामद गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप