मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.खनालको पदावधि पुरा

शुक्रबार, २८ असोज २०७९, १३ : ३३
शुक्रबार, २८ असोज २०७९

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्राडा गुरुप्रसाद खनालले आफ्नो ५ वर्षे पदावधि पुरा गरेका छन् । आफ्नो ५ वर्षे कार्यकालका दौरान खनालले नौ महिना कार्यवाहक उपकुलपतिको हैसियतमा समेत कार्यभार सम्हालेका थिए । 

बुधबार उपकुलपति कार्यालयको बैठक हलमा आयोजित बिदाइ कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले शिक्षाध्यक्षको रूपमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुका साथै प्रतिष्ठानका हितमा सदैव दिएको रचनात्मक साथ एवं सहयोगका लागि डा. खनाललाई हार्दिक धन्यवाद ज्ञापन गरे । 

उक्त अवसरमा खनालले आफू प्रतिष्ठानको स्थायी सेवामा रहेको फ्याकल्टी भएकाले शिक्षाध्यक्ष पदको कार्यकाल पुरा भएपनि प्रतिष्ठानको सेवामा नै रहिरहने हुँदा प्रतिष्ठानको हित र विकासका लागि आफू उक्त पदमा नरहे पनि सदैव क्रियाशील रही सहयोग गरिरहने विश्वास दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप