सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इन्डियन आइडल बिजेता पवनदीपको 'तिम्रो हाम्रो भेट कहिले हुने हो ?' सार्वजनिक

शुक्रबार, २८ असोज २०७९, १८ : ५३
शुक्रबार, २८ असोज २०७९

चर्चित गायन रियालिटी सो इन्डियन आइडल १२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत 'तिम्रो हाम्रो भेट कहिले हुने हो ?' सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रचना र शिखर सन्तोषको संगीत रहेको गीतलाई  नेपालकै अग्रणी म्युजिक कम्पनी 'म्युजिक नेपाल'को च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन् । गीतको भावअनुसार भिडियो निकै आकर्षक र लोभलाग्दो बनेको छ। डोर बहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी, पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सहनिर्देशन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप