मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मुक्तक : धुमिल छायाँ

शनिबार, २९ असोज २०७९, १० : ०८
शनिबार, २९ असोज २०७९


उत्तरार्द्धमा विस्मृत धुमिल छायाँमा हराउनु रहेछ जीवन 
सुकिसकेका आँसुका डोबहरूलाई सुम्सुम्याउनु रहेछ जीवन 
जिन्दगीमा धेरै आरोह अवरोहका घुम्ती पार गर्दै गर्दा 
सिर्फ अतीतका मीठा पुलहरूमा रमाउनु मात्र रहेछ जीवन !!!


दर्द पीडा र व्यथा सबै भोग्नुपर्ने रहेछ जीवन 
खुसी हाँसो र मुस्कान सबै बिर्सनुपर्ने रहेछ जीवन 
अस्थायी अन्यौलपूर्ण अनि बक्ररेखाको यो जिन्दगी 
नियतिले सकियो नभनेसम्म जिउनै पर्ने रहेछ जीवन !!!


बतास हो जिन्दगी बहिरहन्छ न रोकिन्छ न त फर्कन्छ 
नदी हो जिन्दगी कहिले शान्त बन्छ कहिले त थर्कन्छ 
थुप्रै वसन्त पार गरेपछि सहारामा मात्र बाँच्ने जिन्दगी 
पहाड हो जिन्दगी चढ्न सके जितिन्छ नसके रित्तै फर्कन्छ !!!


लेख्नु र नलेख्नुको अन्तरालमा थुप्रै अलिखित कथा लेखिएछ 
देख्नु र भेटिनुको अन्तरमनमा धेरै मनका व्यथा पोखिएछ 
टाढा कतै टाढा महासागरको बीचमा हेलिँदा हेलिँदै 
आफ्नै अस्तित्वको आफैँभित्र सङ्कटको आस्था पलाएछ !!!

कहिलेकाहीँ जीवनमा ठेस लागेर लड्नु पनि फाइदा पो हुँदोरहेछ 
सहयोगी हातहरूबाट आफ्नो र पराया  प्रष्टसँग पो छुटिँदोरहेछ 
म पनि अचेल सिकिरहेछु साँचो अर्थमा जीवन जिउनुको कला 
यथार्थमा अनुहारमा भन्दा व्यवहारमा सत्यता प्रकट पो हुँदोरहेछ !!!

बसन्त श्रेष्ठ​,भर्जिनिया, अमेरिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप