आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयोगले गर्‍यो ‘लौरो, डोजर र क्रस खुकुरी’ चुनाव चिन्हमा परिमार्जन

शनिबार, २९ असोज २०७९, १६ : ११
शनिबार, २९ असोज २०७९

निर्वाचन आयोगले उम्मेदवारहरूलाई दिइसकेको ३ वटा चुनाव चिन्ह परिमार्जन गरेको छ ।  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको चिन्हमध्ये तीनवटा निर्वाचन चिन्हहरूमा सामान्य हेरफेर गरिएका आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी लौरो, डोजर र क्रस खुकुरी चिन्हमा सामान्य परिमार्जन गरिएको हो । आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप