मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रकट पंगेनी ‘शिव’ गीतकार सम्मानबाट सम्मानित

शनिबार, २९ असोज २०७९, १९ : १८
शनिबार, २९ असोज २०७९
गीतकार प्रकट पंगेनी ‘शिव’ गीतकार सम्मान-२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पंगेनीलाई सम्मान गरेको हो ।

नगद ५ हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्र रहेको उक्त सम्मान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष हरिहर खनियाले संयुक्त रूपमा पंगेनीलाई प्रदान गरे । सम्मान ग्रहण गरेपछि पंगेनीले साहित्यका विभिन्न विधामा कलम चलाए पनि आफ्नो सर्वप्रिय विधा गीत नै भएको जनाए । सम्मानले गीतमै समर्पित हुन थप हौस्याएको भन्दै निकट भविष्यमै ‘आउँदा-जाँदा दोबाटोमा’ नामक गीत सङ्ग्रह प्रकाशन गर्ने तयारीमा लागेको उनले बताए । उनको यसअघि ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत सङ्ग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । पंगेनीको स्रष्टा परिचय प्रतिष्ठानकै सहसचिव रुपिन्द्र प्रभावीले प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप