मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘हृदय’को नियमित संस्करण सार्वजनिक

शनिबार, २९ असोज २०७९, १९ : ४१
शनिबार, २९ असोज २०७९

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे । साथै उनको नयाँ कलेवरसहितको कवितासङ्ग्रह पनि बजारमा गएको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा सङ्गीतकर्मी अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति पनि रहेको थियो । यो विशेष कार्यक्रम नेपाल लिटरेचर फेस्टिभलको ‘बुक अड्डा’ शीर्षकअन्तर्गत आयोजना गरिएको हो ।

कार्यक्रममा डा. कोइरालाको पुस्तक ‘हृदय’बारे विद्वान् राम लोहनीले समीक्षात्मक टिप्पणी गरेका थिए । ‘हृृदय’को नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले बताएको छ । हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति पुस्तक बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ । पुस्तक बिक्री हुने क्रम जारी छ । २५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ । यस्तै विशेष संस्करण खरिद गरी सहयोग पुर्‍याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ ।  नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि डा. कोइरालाले सोही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप