सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टुरिन डर्बीमा युभेन्टसको संघर्षपूर्ण जीत

आइतबार, ३० असोज २०७९, ०८ : ४७
आइतबार, ३० असोज २०७९

डुसान भ्लाहोभिचको निर्णायक गोलको मद्दतले युभेन्टसले सहरको प्रतिद्वन्द्वी टोरिनोलाई हराउँदै म्यानेजर मासिमिलानो एलेग्रीमाथिको दबाब केही कम गरेको छ । २२ वर्षीय सर्बियन खेलाडीले ७४ औँ मिनेटमा डेनिलोको पासमा गोल गर्दै टुरिन डर्बीमा टोलीलाई जीत दिलाए । यो सिजन उनको यो छैटौँ गोल हो ।

सिजनको चौथो जीतपछि युभेन्टस लिगको सातौँ स्थानमा उक्लिएको छ । १० खेलपछि युभेको १६ अंक रहेको छ भने टोरिनो ११ अंकसहित ११ औँ स्थानमा रहेको छ । 

यसअघि च्याम्पियन्स लिगमा युभे माकाबी हाइफासँग स्तब्ध हुँदै नकआउट चरण पुग्ने सपनामा धक्का लागेको थियो । जीतका बावजुद शनिबारको प्रदर्शनले एलेग्रीमाथि प्रश्न भने उठ्ने अपेक्षा गरिएको छ । अन्य खेलमा एटलान्टाले सासुलोलाई २–१ ले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । एम्पोलीले मोन्जालाई १–० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप