सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रिस जेम्सले विश्वकप गुमाउने

आइतबार, ३० असोज २०७९, ०९ : ०५
आइतबार, ३० असोज २०७९

इंग्ल्याण्डका खेलाडी रिस जेम्सले कतारमा हुने विश्वकप गुमाउने भएका छन् । घुँडामा चोट लागेका उनी मैदानमा फर्कन कम्तीमा ८ हप्ता लाग्ने चेल्सी फुटबल क्लबले बताएको हो ।

२२ वर्षीय राइट ब्याक गत मंगलबार च्याम्पियन्स लिगमा एसी विरुद्ध २–० को जित निकाल्ने क्रममा घाइते भएका थिए । विश्वकप फुटबल आगामी २० नोभेम्बरबाट सुरु हुँदैछ । इंग्ल्याण्ड अन्य दुई राइट ब्याक कायल वाकर र ट्रेन्ट अलेक्सान्डर अर्नोल्ड पनि घाइते हुँदै मैदान बाहिर रहेका छन् । म्यानचेस्टर सिटीका वाकर अक्टोबरको सुरुवातमा घाइते भएका थिए भने आर्नोल्ड गत हप्ता आर्सनलविरुद्धको खेलमा घाइते भएका थिए ।

वाकरले विश्वकपसम्म चोट मुक्त हुने आशा व्यक्त गरेका छन् । सो पोजिसनमा न्युक्यासलका काइरन ट्रिपएर प्रबल दाबेदार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप