आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसीसी बैंकद्वारा नगद ८५ करोड लाभांश बाँड्ने घोषणा

आइतबार, ३० असोज २०७९, ११ : २२
आइतबार, ३० असोज २०७९

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले बोनस सेयर र नगद गरी १ अर्ब २२ करोड लाभांश बाँड्ने भएको छ । 

शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को वितरण योग्य मुनाफाबाट ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बोनस र ८५ करोड ३ लाख ६४ हजार ५८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

यो बैंकको हाल कायम चुक्ता पुँजीको क्रमशः ३.३६६३ प्रतिशत र ७.६३३७ प्रतिशतको लाभांश वितरण हो । हाल बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ चुक्ता पुँजी कायम छ । 

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप