सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषधसहित काठमाडौंबाट ४ जना पक्राउ

आइतबार, ३० असोज २०७९, १२ : ५४
आइतबार, ३० असोज २०७९

अवैध लागूऔषधसहित काठमाडौंबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट नियन्त्रित लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल  र नगद २ हजार ५ सय रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाँउबाट ५ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय सरोज महरा क्षेत्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको  हो । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवा स्थित आँपको बगैँचाबाट १३ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित सोही नगरपालिका–१२ मानपुर बस्ने ३१ वर्षीय ओम प्रकाश पाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप