सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ

आइतबार, ३० असोज २०७९, १३ : ०४
आइतबार, ३० असोज २०७९

कपिलवस्तुकाे कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ मानागाँउ बस्ने ३४ वर्षीय सुशिल बहादुर पुन मगर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी बस चालक सुशिललाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप