सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शारीरिक सुगठन : गण्डकी प्रदेश र नेपाली सेनालाई समान दुई स्वर्ण

आइतबार, ३० असोज २०७९, २० : २३
आइतबार, ३० असोज २०७९

नवौँ राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभा हलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाले समान दुई स्वर्ण जितेका छन् । पहिलो दिन ५ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा १ स्वर्ण नेपाल पुलिस क्लबले हात पारेको छ ।

५५ केजी तौल तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जिते । बागमती प्रदेशका दिनेश गोसाइले रजत र सेनाका रमेश फोम्बोले कास्य पदक पाए । ६० केजी तौलमा नेपाल प्रहरीका डेभिड बलामीले स्वर्ण जिते । एपिएफका किशन दिवाकरले रजत जित्दा लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पाए ।

६५ केजी तौल समूहमा गण्डकीका अश्मिन गुरुङ्गले आफ्नो टिमका लागि दोस्रो स्वर्ण जिते । लुम्बिनीका नवराज डुम्रेले रजत प्राप्त गरे । यस्तै सुदूरपश्चिमका सुनिल चन्दले कास्य पदक हात पारे । ७० केजी तौलमा सेनाका प्रज्वलमान शाक्यले स्वर्ण हात पार्दा मधेस प्रदेशका किरण यादव र लुम्बिनीका विजेन्द्रमान श्रेष्ठले क्रमशःः रजत र कास्य जिते ।

७५ केजी तौलमा नरेश मालाकार प्रथम हुँदै स्वर्ण हात पार्न सफल भए । मधेस प्रदेशका सनी आज्माले रजत र बागमतीका योगेश राज शाहीले कास्य पदक प्राप्त गर्न सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप